शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

चितवन–२ः रवि लामिछानेसहित २३ जनाको उम्मेदवारी, को–को छन् ? (सूचीसहित)

मङ्गलबार, ०६ माघ २०८२, १९ : ४३
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । आसन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ मा २३ जनाको मनोनयन दर्ता भएको छ । 

चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित २३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

रास्वपा सभापति लामिछानेले पर्सा जिल्ला अदालतमा जारी रहेको मुद्दाका कारण उपस्थित हुन नसकेपछि वारेस मार्फत उम्मेदवारी दिएका हुन् । 

२०७९ र २०८० को उपनिर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन जितेका उनले पुनः उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २३ जनाको उम्मेदवारी परेको हो । मनोनयन दर्ता गराउनेहरूमा १६ जना पुरुष र ७ जना महिला उम्मेदवार रहेका छन् ।

उक्त क्षेत्रबाट रास्वपाका लामिछाने, नेकपा एमालेबाट अस्मिन घिमिरे, नेपाली कांग्रेसबाट मिना कुमारी खरेल र नेकपाबाट प्रताप गुरुङ लगायतको उम्मेदवारी परेको छ ।

राजनीतिक दलका तर्फबाट सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका सुवास महतो, नेमकिपाका शोभा बासुकला, नेपाल रिपब्लिक पार्टीका शक्ति राज गुरुङ, श्रम संस्कृति पार्टीका मिलन थापा मगर, प्रलोपाका प्रकाश बहादुर पाण्डे उम्मेदवार रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट निर्मला कुमारी ठाकुर, उज्यालो नेपाल पार्टीका नि. कुमार पाख्रिन, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, आम जनता पार्टीबाट देवी कुमारी मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट ऋषा गोले, जसपाबाट कमना सिंह चौधरी, राप्रपाबाट जगदीश्वर अधिकारी, नेकपा माओवादीबाट दर्शना कुमारी शाही उम्मेदवार रहेका छन् ।

स्वतन्त्रबाट सो क्षेत्रमा इन्द्र बहादुर स्याङतान, कृष्ण प्रसाद चापागाईँ, प्रताप सिंह तामाङ, प्रविन सापकोटा, रवि कुमाल, शम्भु प्रसाद जैसी उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप