गोरखाका २ क्षेत्रमा २७ जना उम्मेदवार
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता सकिएको छ ।
प्राप्त विवरण अनुसार दुवै क्षेत्रमा २७ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले उम्मेदवारी दिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हरि राज अधिकारी उम्मेदवार बनेका छन् ।
नेकपा एमालेका राम चन्द्र लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ उम्मेदवार बन्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका गोपाल बाबु श्रेष्ठले मनोनयन दर्ता गराए ।
उज्यालो नेपाल पार्टीका रामकाजी राना मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का विष्णु प्रसाद रिजाल, नेसनल रिपब्लिक नेपालका आकाश राना मगर, नेपाल मजदुर किसान पार्टीका मनु कुमारी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदार मणि खनाल, मंगोल नेशनल अर्गनाइजेसनका देव बहादुर थापा र संयुक्त नागरिक पार्टीका जित बहादुर घलेले उम्मेदवारी दिए । कविता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् ।
गोरखा क्षेत्र नम्बर २ मा डा. बाबुराम भट्टराई लगायत १४ जना उम्मेदवार छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट भट्टराई उम्मेदवार बन्दा नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडी, नेकपा एमालेका मिलन गुरुङ (चक्रे मिलन), नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले मनोनयन दर्ता गराए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेक बहादुर प्रधान, मंगोल नेशनल अर्गनाइजेसनका सोम बहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका राम शरण बुढाथोकी, आम जनता पार्टीका कल्पना कुमाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुल बहादुर बस्नेत, नेसनल रिपब्लिक नेपालका प्रसाद गुरुङ र उज्यालो नेपाल पार्टीका बलराम तामाङ उम्मेदवार छन् । हरि पोखरेल र चुडाप्रसाद ढकालले स्वतन्त्र उम्मेदवारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण