सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै

बुधबार, ०७ माघ २०८२, १६ : ०७
बुधबार, ०७ माघ २०८२

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल भ्रमणमा आउने भएको छ ।

उक्त टोली बिहीबार नेपाल आउन लागेको हो । उक्त उच्चस्तरीय टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । 

जेनजी आन्दोलनपछि चीनबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषयमा बुझ्न यो टोली नेपाल आउन लागेको बताइएको छ । 

झेङ नेपाल मामिलाका जानकार हुन् । विभिन्न उच्चस्तरीय भ्रमणमा नेपाल आइसकेकी उनी यस पटक भ्रमण टोलीको नेतृत्व गरेर नै नेपाल आउन लागेकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप