एक हप्तामै दोस्रो स्थानमा खस्किए कोहली
काठमाडाैँ । न्युजिल्याण्डका ब्याटर ड्यारिल मिचेल आईसीसी एकदिवसीय (ओडिआई) वरीयताको शीर्ष स्थानमा उक्लिएका छन्।
बुधबार जारी पछिल्लो वरीयता अनुसार भारतीय स्टार विराट कोहलीलाई पछि पार्दै मिचेलले विश्वको नम्बर एक ब्याटरको स्थान कब्जा गरेका हुन्। कोहली शीर्ष स्थानमा पुगेको एक हप्तामै दोस्रो स्थानमा खस्किएका हुन्।
भारतविरुद्धको हालैको शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै दुई शतकसहित ३५२ रन बनाएपछि मिचेलले यो सफलता हात पारे। मिचेलको अहिले ८४५ रेटिङ अंक छ भने कोहली ७९५ अंकसहित दोस्रो स्थानमा छन्।
वरीयताको तेस्रो स्थानमा अफगानिस्तानका इब्राहिम जादरान र चौथो स्थानमा भारतीय कप्तान रोहित शर्मा रहेका छन्। मिचेल आफ्नो करियरमा दोस्रो पटक शीर्ष स्थानमा पुगेका हुन्। यसअघि नोभेम्बर २०२५ मा उनी नम्बर एक बन्दा रोहित शर्माले उनलाई उछिनेका थिए।
न्युजिल्याण्डकै ग्लेन फिलिप्सले पनि वरीयतामा ठुलो फड्को मारेका छन्। इन्दोरमा भारतविरुद्ध ८८ बलमा १०६ रनको आक्रामक इनिङ्स खेलेका फिलिप्स १६ स्थान माथि उक्लिँदै २०औँ नम्बरमा पुगेका छन्।
त्यस्तै अलराउन्डरतर्फ पनि उनी १४ स्थान सुधार गर्दै ३१औँ नम्बरमा आइपुगेका छन्। अलराउन्डरको सूचीमा भने अफगानिस्तानका अजमतुल्लाह उमरजई नै शीर्ष स्थानमा कायमै छन्।
यता बलिङतर्फ न्युजिल्याण्डका कप्तान माइकल ब्रेसवेल ६ स्थान सुधार गर्दै ३३औँ नम्बरमा पुगेका छन्। बलरहरूको सूचीमा अफगानिस्तानका स्पिनर राशिद खानले आफ्नो वर्चस्व कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण