अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा
अफगानिस्तान । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यहरूले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा निन्दा गरेका छन् जसमा धेरै नागरिकहरु मारिनुका साथै घाइते भएका छन् ।
सुरक्षा परिषद्का सदस्यहरूले पछिल्लो समयमा सबै प्रकारका आतङ्कवादले अफगानिस्तान र विश्वमै शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा स्थान बनेको पुष्टि गरेका छन् ।
निन्दनीय कार्यहरूका आयोजक, र प्रायोजकहरूलाई जवाफदेही बनाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन“ आवश्यक रहेको कुरामा जोड दिँदै काउन्सिलले 'सबै राज्यहरूलाई अन्तर्राष्ट्रिय कानून र सान्दर्भिक सुरक्षा परिषद्का प्रस्तावहरूअन्तर्गत आफ्ना दायित्वहरू अनुसार सक्रिय रूपमा सहयोग गर्न' आग्रह गरेको छ ।
सुरक्षा परिषद्का सदस्यहरूले आतङ्कवादको कुनै पनि कार्य आपराधिक र अन्यायपूर्ण रहेको बताउदै यसले संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानून, र अन्तर्राष्ट्रिय मानवीय कानून विपरित अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा हुने खतराहरू“ विरुद्ध लड्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण