ट्रम्पले ल्याए युद्ध सुल्झाउने बोर्ड, युरोपेली सहयोगी अनुपस्थित
स्विट्जरल्यान्ड । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार स्विट्जरल्यान्ड दावोसमा 'बोर्ड अफ पिस' नामक एक नयाँ संस्थाको सुरुवात गरेका छन् ।
उनले यस बोर्डको मुख्य उद्देश्य द्वन्द्व समाधान गर्नु रहेको र सुरुमा गाजामा भएको युद्धविरामलाई थप सुदृढ पार्ने लक्ष्य राखिएको बताए । भविष्यमा यसले अन्य विश्वव्यापी विवादहरूमा पनि भूमिका खेल्न सक्ने ट्रम्पले उल्लेख गरेका छन् ।
यसको हस्ताक्षर समारोहमा २० भन्दा बढी देशका नेताहरू सहभागी थिए । सीएनएनको रिपोर्टअनुसार अमेरिकाका सहयोगी मानिने अधिकांश युरोपेली देशहरू भने यस समारोहबाट अनुपस्थित रहे । यसविपरीत साउदी अरब, कतार, यूएई, अर्जेन्टिना र पाराग्वेका नेताहरू उपस्थित थिए ।
ट्रम्पले गत वर्ष सेप्टेम्बरमा गाजा युद्ध अन्त्य गर्ने योजना प्रस्तुत गर्दै पहिलो पटक यस बोर्डको प्रस्ताव गरेका थिए । रोयटर्सका अनुसार अमेरिकाले करिब ६० देशलाई यस बोर्डमा सामेल हुन निमन्त्रणा पठाएको थियो । सुरुमा कार्यक्रममा ३५ देशका नेताहरू सहभागी हुने अनुमान गरिएको थियो ।
'बोर्ड अफ पिसु के हो'
ट्रम्पले गत वर्ष सेप्टेम्बरमा गाजा युद्ध अन्त्य गर्ने योजना पेस गर्दा यस बोर्डको प्रस्ताव राखेका थिए । रोयटर्सका अनुसार अमेरिकाले करिब ६० देशलाई यस बोर्डमा सामेल हुन निमन्त्रणा पठाएको छ । गत हप्ता विश्वका नेताहरूलाई पठाइएको निमन्त्रणामा यस बोर्डको भूमिका गाजामा मात्र सीमित नरहेर विश्वव्यापी स्तरमा द्वन्द्वहरू सुल्झाउन पनि काम गर्ने उल्लेख गरिएको छ ।
पठाइएको एक मस्यौदा (चार्टर) मा जुन देश तीन वर्षभन्दा बढी समयसम्म यस बोर्डको सदस्य बन्न चाहन्छन्, उनीहरूले १ अर्ब डलरको योगदान दिनुपर्ने भनिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण