हुम्लामा फडेरालाई मितेरी नेपालका शाहीको समर्थन
शुक्रबार, ०९ माघ २०८२, १४ : ४५
सारांश
- हुम्लामा मितेरी पार्टीका उम्मेदवार जयबहादुर शाहीले एमालेका उम्मेदवार दल फडेरालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए।
- शाहीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
- एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा आठ जनाले उम्मेदवारी दिएका थिए।
सिमकोट । हुम्लामा नेकपा (एमाले) का उम्मेदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीकी उम्मेदवार जयबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
हुम्ला जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मितेरी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका जयबहादुर शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
आफूले उम्मेदवारी फिर्ता लिएर फडेरालाई सहयोग गर्ने शाहीले जानकारी दिए । एक मात्र निर्वाचन क्षेत्र भएको हुम्लामा आठ जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
-
बेलायतमा किन टिक्दैनन् प्रधानमन्त्री ?
-
क्रोएसियाको डिफेन्स र अट्याक दुवैको मुख्य हतियार : जोस्को ग्वार्डिओल
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण