मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो : हर्क साम्पाङ

शुक्रबार, ०९ माघ २०८२, १४ : ५४
शुक्रबार, ०९ माघ २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनमा बनेको आरोप लगाए।
  • उनले पुराना दलबाट देशको निकास सम्भव नभएको र नयाँ दलहरूसँग तुलना गर्नुपर्ने बताए।
  • साम्पाङले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई प्रश्न गर्दा जवाफ नपाएको बताए।

सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी भएको बताएका छन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

कार्यक्रममा उनले पुराना दलबाट अब देशको निकास सम्भव नभएको बताए । ‘त्यसो हुँदा उनीहरूलाई भोट नदिनुहोस्,’ उनले भने । साथै उनले नयाँ दलहरूमाथि पनि प्रश्न उठाए । नयाँ दल र आफ्नो श्रम संस्कृति पार्टीबिच तुलना गर्नुपर्ने बताए ।

 ‘रास्वपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन, रास्वपा भारतको प्रयोजनमा बनेको पार्टी हो,’ उनले आरोप लगाए । साम्पाङले बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाफ नदिएको पनि बताए ।

 ‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्रै देश सम्हाल्ने ताकत देखाएको उनले बताए । साथै उनले देशमा इमानदार नेतृत्वको खाँचो रहेको पनि बताए । देश बनाउने स्पष्ट भिजन श्रम संस्कृति पार्टीसँग मात्र रहेको र अन्य कुनै नेतासँग त्यो भिजन नभएको ठोकुवा उनले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप