नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
बाँके । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा रु नौ अर्ब ३४ करोड ६४ लाख राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म छ महिनामा वार्षिक लक्ष्यको ३८.०८ प्रतिशत राजस्व सङ्कलन भएको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज भन्सारको चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रहेकामा हालसम्म कुनै पनि महिनामा निर्धारित मासिक लक्ष्य हासिल गर्न सकेको छैन । लक्ष्य पूरा गर्न बाँकी छ महिनामा करिब ६२ प्रतिशत भन्सार राजस्व असुल गर्नुपर्ने हुन्छ ।
नेपालगञ्ज भन्सारमा चालु आवको साउन महिनामा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४ दशमलव १४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौ महिनामा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९ दशमलव ७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।
यसैगरी असोज महिनामा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा ८७ दशमलव ८३ प्रतिशत रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिक महिनामा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा ७२ दशमलव ३० प्रतिशत रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मंसिर महिनामा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा ८३ दशमलव ४५ प्रतिशत रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार र पुस महिनामा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार राजस्व सङ्कलन भएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौ महिनामा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मंसिरमा ७६.२७ र पुसमा ७१.१५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । नेपालगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा रु ३८ अर्ब बढीको मालसामान आयात निर्यात भएको छ ।
भन्सार कार्यालयका अनुसार, पुस मसान्तसम्म रु ३८ अर्ब ९८ करोड ५७ लाख ६१ हजार बराबरको कारोबार भएको हो । कार्यालयबाट चालु आवको छ महिनामा रु ३७ अर्ब ६२ करोड ७३ लाख ३२ हजार बराबरको आयात हुँदा निर्यात भने रु एक अर्ब ३५ करोड ८४ लाख २९ हजारको मात्रै भएको छ ।
अघिल्लो आवको सोही अवधिमा कार्यालयबाट रु ३५ अर्ब २७ करोड ६५ लाख आठ हजारको आयात र रु एक अर्ब १६ करोड ३९ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको थियो ।
अघिल्लो आव र चालु आवको ६ महिनाको तुलना गर्दा आयात ६.६६ प्रतिशत, निर्यात १६.७१ प्रतिशत र जम्मा व्यापार ६.९८ प्रतिशतले बढेको छ । कार्यालयबाट हुने व्यापार घाटा अघिल्लो आव र चालु आवको छ महिनाको अवधिमा उस्तै रहेको छ ।
अघिल्लो आवको ६ महिनामा व्यापार घाटा ९६.७ प्रतिशत रहेकामा चालु आवमा व्यापार घाटा ९६.३८ रहेको कार्यालयका सूचना अधिकारी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण