आज अन्तर्राष्ट्रिय शिक्षा दिवस
काठमाडौँ । आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो ।
शिक्षा मानवअधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवद्र्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ ।
शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।
सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड दिएको छ । सन् २०१५ सेप्टेम्बरमा दिगो विकासका लागि २०३० कार्यसूची अङ्गीकार गर्दा अन्तर्राष्ट्रिय समुदायले १७ वटै दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको भूमिका महत्वपूर्ण रहेको स्वीकार गरेको थियो ।
विशेषगरी दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै आजीवन सिकाइका अवसर प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।
युनेस्कोका अनुसार हाल विश्वभर २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर छन् र ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण