गण्डकीमा राष्ट्रिय सभा चुनावको तयारी पूरा, ९ बजेदेखि मतदान हुँदै
पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको सबै तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालका अनुसार, २ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । प्रदेश सभा सांसदको लागि छुट्टै मतदान केन्द्र तोकिएको छ भने स्थानीय तहका लागि छुट्टै मतदान केन्द्र छ । गण्डकीमा ५९ जना सांसद र १६९ जना पालिका जनप्रतिनिधिले मत दिनेछन् ।
प्रदेशसभाका १ जना र पालिकाका अर्का एकजना रिक्त भएको छ । प्रदेश सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कारण उनी निलम्बित छन् । स्याङजाको कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा भने प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका कारण उनको पद रिक्त भएको छ ।
देशैभर कांग्रेस र एमालेबिच गठबन्धन छ । कांग्रेसले अन्यतर्फ जगत तिमिल्सिना र महिला कोटामा एमालेले सम्झना देवकोटालाई उम्मेद्वार बनाएको छ ।
गण्डकीमा २ पार्टीको दुई तिहाई भन्दा बढी मतभार छ । कांग्रेसका २७ सांसद छन् । उनीहरूको मतभार १ हजार ४३१ हुन्छ । स्थानीय तहका प्रमुख, उपप्रमुखमध्ये कांग्रेसबाट ६६ जना निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार २५२ पुग्छ । २२ सांसद रहेको एमालेको प्रदेशसभामा १ हजार १६६ मतभार छ भने ६९ जना स्थानीय तहका जनप्रतिनिधिको १ हजार ३११ मतभार हुन्छ ।
दुवै दलको मतभार जोड्दा ५ हजार १६२ पुग्छ । यो मतभार दुई तिहाइ भन्दा बढी हो । गण्डकीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का ७ सांसद र ३० स्थानीय तहका जनप्रतिनिधि छन् । उनीहरूको मतभार ९४१ मात्रै हुन्छ । स्थानीय तहमा ४ वटा पद जितेको राष्ट्रिय जनमोर्चासँग ७६ मतभार छ । राप्रपासँग १०६ मतभार छ । प्रदेशसभामा दुई सांसद राप्रपाका छन् । राप्रपाले निर्वाचनमा भाग नलिने जनाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीको पनि एक सांसद छन् । उक्त दलको ५३ मतभार हुन्छ । उनी कतै पनि खुलेका छैनन् ।
प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभार १९ पुगेको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट महिला क्लष्टरमा गोमा घिमिरे रुची र राष्ट्रिय जनमोर्चाबाट लक्ष्मी बास्कोटाको उम्मेदवारी छ । अन्य समूहमा नेकपाले कपिल लामा र जनमोर्चाले शंकर बराललाई उम्मेदवार बनाएको छ । फागुन २० गतेदेखि गण्डकी प्रदेशबाट राष्ट्रियसभामा दुई पद रिक्त हुँदै छ । खुलाबाट नारायणकाजी श्रेष्ठ र महिला खुलामा भगवती न्यौपाने ६ वर्षे कार्यकाल सकेर बिदा हुँदैछन् ।
‘निर्वाचनको सबै तयारी पूरा भैसक्यो । कर्मचारी तयारी अवस्थामा छन्,’ ढकालले भने, ‘९ बजेदेखि ३ बजेसम्म मतदान हुन्छ । त्यसपछि लगत्तै मतगणना सुरु हुन्छ ।’ उनका अनुसार ४ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण