मुस्ताङमा म्यादी प्रहरीको खडेरी, तेस्रो पटक म्याद थपेर भर्ना खोलियो
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मुस्ताङमा आवश्यक संख्यामा सुरक्षाकर्मी नजुटेपछि जिल्ला प्रहरी कार्यालयले तेस्रो पटक म्याद थप गरेको छ। दुई पटकसम्म दरखास्त आह्वान गर्दा पनि तोकिएको कोटा पूरा नभएपछि प्रहरीले पुनः दुई दिनको समय दिएर आवेदन खुल्ला गरेको हो।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल ३१२ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) को माग गरिएको थियो। तर दोस्रो पटक म्याद थपेर छनोट प्रक्रिया सकिँदासम्म २९० जना मात्रै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताए। आवेदन दिएकामध्ये पनि कतिपय छनोटमा असफल भएको र कतिपय सम्पर्कमै नआएका कारण संख्या अपुग भएको हो।
अचम्मको कुरा के छ भने मुस्ताङमा भर्ना हुन आउनेमध्ये ८० प्रतिशत व्यक्ति जिल्ला बाहिरका छन्। मुस्ताङमा कार्यरत सडक, कृषि र होटल मजदुरहरूले नै निर्वाचन प्रहरीका लागि बढी रुचि देखाएका छन्। जिल्ला प्रहरीले पहिलो पटक पुस २५ मा आवेदन खुलाएको थियो, तर हिउँदको चिसो र भौगोलिक विकटताका कारण स्थानीयको सहभागिता न्यून देखिएको छ।
अब थपिएको म्यादभित्र आवश्यक संख्या पूरा हुने विश्वास प्रहरीले लिएको छ। छनोट भएका व्यक्तिहरूलाई नियुक्ति दिएर माघ १५ गतेदेखि २५ गतेसम्म शारीरिक प्रशिक्षण तालिम दिने तयारी गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण