गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
बिहीबार, २१ जेठ २०८३, १५ : ४४
सारांश
- खेतबारीमा गोरुलाई निर्दयी व्यवहार गरी भिडियो बनाउने युवक पक्राउ परेका छन्।
- प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–१ घर भएका ३६ वर्षीय जलिराम थापा मगर पक्राउ परेका छन्।
- थापा मगरले गोरुको नाक र मुख माटोमा गाडेर कुटपिट गरी खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
काठमाडौँ । खेतबारीमा गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर–१ घर भएका ३६ वर्षीय जलिराम थापा मगर छन्।
केही दिन अघि गोरुले खेत जोतिरहेको अवस्थामा हिँड्न नसकेपछि गोरुको नाक र मुख माटोमा गाडेर कुट्दै उनले गोरुलाई निर्दयी व्यवहार गरेर खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। थापा मगरले भिडियो खिचेर फेसबुक र टिकटकमा पोस्ट गरेका थिए।
बिहीबार पक्राउ परेका उनीमाथि पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण