शाहरुखको ‘किङ’ को टिजर र रिलिज डेट सार्वजनिक
मुम्बई । बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षित फिल्म ‘किङ’ को रिलिज मिति र टिजर सार्वजनिक भएको छ । मल्टिस्टारर यो फिल्म सन् २०२६ को डिसेम्बर २४ मा सिनेमा हलमा रिलिज हुने भएको हो । निर्माण पक्षले रिलिज मितिसँगै फिल्मको दमदार टिजर पनि बाहिर ल्याएको छ ।
शाहरुख खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत टिजर सेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘किङ २४.१२.२०२६ मा सिनेमा हलमा गर्जिनका लागि तयार छ ।’ ४५ सेकेन्ड लामो टिजरमा शाहरुखको फस्ट लुक निकै आक्रामक देखिएको छ ।
टिजरको सुरुवात हिउँले ढाकिएको चट्टानमा उभिएर शाहरुख चिच्याइरहेको दृश्यबाट हुन्छ । लगत्तै सिसाको छत फोडेर गरिएको उनको ‘इन्ट्री’ र रगतले लतपतिएको अनुहारसहित ‘डर होइन, म दहशत हुँ’ भन्ने संवादले टिजरलाई निकै प्रभावशाली बनाएको छ ।
टिजरमा फिल्मको भव्यता र शाहरुखको नयाँ बोल्ड अवतार देख्न सकिन्छ । रेड चिलीज इन्टरटेनमेन्ट र मार्फ्लिक्स पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शाहरुख खानका अलावा सुहाना खान, रानी मुखर्जी र दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्ममा अभिषेक बच्चन भिलेनको भूमिकामा देखिनेछन् ।
यसअघि नोभेम्बर २ मा शाहरुखको जन्मदिन पारेर सार्वजनिक गरिएको टाइटल भिडियोले नै सामाजिक सञ्जाल तताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण