श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ
सोमबार, १२ माघ २०८२, ११ : १७
कैलाली । धनगढीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका– १३ राजपुर डेरा गरी बस्ने सतिङ दाहालले घरायसी विवाद भई आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरेर हत्या गरेका हुन्। हिरालाई आइतबार कुटपिट गर्दा उनी गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा सोही दिन नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कुटपिट गर्ने उनको श्रीमान् सतिङलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण