खोटाङको बंशिलाघाटमा बेलिवृज जडान हुँदै
काठमाडौँ । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ ।
दुई जिल्लाको बिचमा पर्ने वंशिलाघाटमा सुनकोशी नदीमाथि पहिलो पटक बेलिब्रिज राख्ने कार्य भइरहेको छ ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा मंसिरबाट बेलिब्रिज जडान सुरु गरिएको थियो ।
५१.८१ मिटर लामो र ४.१ मिटर चौडाइ भएको बेलिब्रिज छिट्टै जडान सम्पन्न गर्ने गरी काम भइरहेको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको सचिवालयले जनाएको छ ।
गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख रुपियाँमा बेलिब्रिज जडान गर्ने गरी कामको जिम्मा लिएको थियो । नदीमा पानीको बहाव बढ्न थालेपछि आगामी जेठमा बेलिब्रिज निकालेर राख्ने गरी सम्झौता गरिएको छ ।
अहिले बेलिब्रिज जडान गर्न लागिएको ठाउँमा मोटरेवल पक्की पुल निर्माणका लागि १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँ लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिर–१ मा कालिका–वेदांसी जेभीले सम्झौता गरेको थियो ।
पुल निर्माणमा चरम ढिलासुस्ती भएपछि स्थानीयको माग अनुसार कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अस्थायी बेलिब्रिज राखन थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण