जमलमा ४ वटा सवारीसाधन आपसमा ठोक्किए, मोटरसाइकल जल्यो
मङ्गलबार, १३ माघ २०८२, १४ : ३७
सारांश
- काठमाडौँको जमलमा दुई वटा भ्यान र दुई पांग्रे सवारीसाधन आपसमा ठोक्किए।
- दुर्घटनामा स्कुल भ्यान, कुरियर भ्यान र मोटरसाइकल संलग्न थिए, जसमा चार जना घाइते भए।
- एक जनालाई ट्रमा सेन्टर र तीन जनालाई ग्रान्डीसिटीमा उपचारका लागि पठाइयो, मोटरसाइकल पूर्ण रूपमा क्षति भयो।
काठमाडौँ । काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि दुई वटा भ्यान र दुई वटा दुई पांग्रे सवारी आपसमा ठोक्किएका छन् ।
केशरमहलबाट जमलतर्फ जाँदै गरेको कुरियर भ्यान, केशरमहलतर्फ जाँदै गरेको ५३८१ नम्बरको स्कुल भ्यान र जमलतर्फ जाँदै गरेको बागमती प्रदेश ३९६७ नम्बरको विद्युतीय स्कुटर मंगलबार एकआपसमा ठोक्किएका हुन् ।
जमलबाट केशरमहल तर्फ जाँदै बा.३५ प ९१४४ नम्बरको मोटरसाइकल पनि ठोक्किएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
स्कुल भ्यान जमलबाट केशरमहल तर्फ जाँदै थियो । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।
एक जना महिलालाई उपचारको लागि ट्रमा सेन्टर पठाइएको र ३ जनाको जमल स्थित ग्रान्डीसिटीमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । मोटरसाइकल पूर्ण रूपमा जलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण