मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै दायर रिट न्यायाधीश शर्मा र पौडेलको इजलासमा

बुधबार, १४ माघ २०८२, १२ : १९
बुधबार, १४ माघ २०८२

सारांश

  • सर्वोच्च अदालतमा नेपाल टेलिकमको रिङ ब्याक टोन बन्द गर्न माग गर्दै रिट दायर गरिएको छ।
  • रिटमा अनावश्यक 'रिङ ब्याक टोन'का कारण उपभोक्ताहरू अन्य सेवा प्रदायक र विदेशी एपहरू प्रयोग गर्न बाध्य भएको उल्लेख छ।
  • रिटमा रिङ ब्याक टोनले राजस्व घाटा, उपभोक्तालाई हैरानी र मानसिक तनाव दिएको आरोप लगाइएको छ।

काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटको पेसी चढेको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै दायर रिट न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

रिटमा नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइवरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको जिकिर गरेका छन् ।

साथै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छा विपरीत ‘रिङ ब्याक टोन’ सुन्न बाध्य पार्ने, मानसिक रूपमा तनाव सिर्जना हुने काम गरिरहेको हुनाले विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ ब्याक टोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप