संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्द्वारा 'होडैदा मिसन' बन्द गर्ने निर्णय
काठमाडाैँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले यमनको 'होडैदा' क्षेत्रमा सञ्चालन हुँदै आएको समर्थन मिसन अन्त्य गर्ने निर्णय गरेको छ । उक्त मिसन आगामी सन् २०२६ मार्च ३१ सम्म मात्र कायम रहनेछ।
'होडैदा मिसन' भनेको यमनको होडैदा प्रान्त र त्यहाँका मुख्य बन्दरगाहहरूमा सन् २०१८ मा भएको शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्न सन् २०१९ मा स्थापना गरिएको संयुक्त राष्ट्रसंघीय विशेष मिसन हो, जसको मुख्य उद्देश्य युद्धविरामको अनुगमन गर्नु, द्वन्द्वमा संलग्न पक्षहरूबिच विश्वास निर्माण गर्नु र मानवीय सहायता सुरक्षित रूपमा सञ्चालन हुन सहयोग पुर्याउनु हो ।
यस निर्णयअनुसार २०२६ अप्रिल १ देखि मिसनको कार्यक्षेत्र र उपस्थिति क्रमशः घटाउँदै अन्त्य प्रक्रिया सुरु गरिनेछ । यसका लागि यमनका सम्बन्धित पक्षहरूसँग परामर्श गरी संक्रमण तथा समापन योजना तयार गर्न संयुक्त राष्ट्र महासचिवलाई अनुरोध गरिएको छ।
सुरक्षा परिषदको यस प्रस्तावको पक्षमा १३ देशले समर्थन जनाएका छन् भने चीन र रूस तटस्थ रहेका छन्। उक्त मिसन सन् २०१९ मा यमनको होडैदा तथा आसपासका बन्दरगाह क्षेत्रमा शान्ति सम्झौता कार्यान्वयनमा सहयोग गर्न स्थापना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण