राष्ट्रियसभा सदस्यहरूले भने– जेनजी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न सकेन
सारांश
- राष्ट्रियसभा सदस्यहरूले सरकारले जनताको विश्वास जित्न नसकेको बताए।
- मन्त्रीहरूले राजीनामा दिएर सुशासनको एजेण्डालाई लत्याएको आरोप लागेको छ।
- सदस्यहरूले निर्वाचनलाई धाँधलीरहित बनाउन सरकारलाई सुझाव दिए।
काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले जेनजी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न नसकेको बताएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकको विशेष समयमा उनीहरुले युवाहरूको भावना अनुसार सरकार चल्न नसकेको र जनताको विश्वास समेत जित्न नसकेको बताएका हुन् ।
साथै उनीहरुले नागरिक सरकारमा गएका मन्त्रीहरूले निर्वाचन अगावै राजीनामा दिएर सुशासनको एजेण्डालाई लत्याएको आरोप समेत लगाएका छन् ।
विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणदत्त भट्टले अहिलेको सरकारलाई नागरिक सरकार भनिए पनि सरकारमा सहभागी मन्त्रीहरूले अपेक्षा अनुसार काम गर्न नसकेको बताए । उनले अर्कालाई नैतिक प्रश्न सोध्नेहरू जिम्मेवारीबाट भागेर जनताको विश्वासलाई तोड्ने काम भएको उल्लेख गरे ।
त्यस्तै, राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्छु भन्ने सरकारका मन्त्रीहरूले बिचैमा सरकार छाडेर निर्वाचनको दायित्वबाट भागेको आरोप लगाइन् । यस्ता मान्छेहरू निर्वाचित भएर आए सुशासनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।
त्यस्तै राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले संविधानलाई जोगाउनका लागि निर्वाचन गराउन सरकार प्रतिबद्ध देखिएको भन्दै धन्यवाद दिए । उनले जेनजी आन्दोलनको अपेक्षा अनुसार वर्तमान सरकार समेत अघि बढ्न नसकेको उल्लेख गरे ।
त्यस्तै, अन्य सदस्यहरूले निर्वाचनलाई धाँधलीरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकारलाई सुझाव दिएका थिए । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्त र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन पेस गरेका थिए भने अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक माघ १९ गते सोमबार बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारे रोपाइँ महोत्सव–२०८३ आयोजना गरिने
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण