पूर्वाञ्चल विश्वविद्यालयलाई निर्वाचन आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले पूर्वाञ्चल विश्वविद्यालयलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले विश्वविद्यालयलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता, २०८२ विपरीत करार सेवामा कर्मचारी छनोटको लिखित परीक्षा सञ्चालन गरी परीक्षाफल प्रकाशनको तयारी रोक्नुका साथै संलग्नलाई कानुनी कारबाही गर्ने विषयमा उजुरी प्राप्त भएपछि आयोगेले स्पष्टीकरण सोधेको हो ।
'प्राप्त उजुरी अनुसार विश्वविद्यालयले आचारसंहिता विपरीत माघ ०४ गते राति १२ः०० बजेदेखि लागू भइसकेको अवस्थामा परीक्षा सञ्चालन गरी नतिजा प्रकाशनको तयारी गरेको हो वा होइन ? विश्वविद्यालयले ऐ. आचारसंहिता लागू भइसके पश्चात् परीक्षा सञ्चालन समेतका कार्य गर्दा आयोगको पूर्व सहमति लिएको छ वा छैन ? यस पत्र प्राप्त भएको ३ (तीन) दिनभित्र स्पष्टीकरण पेस गर्नु हुन निर्णयानुसार अनुरोध छ,'स्पष्टीकरणपत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण