‘निजी क्षेत्रका एजेण्डा दलका घोषणापत्रमा राखेर कार्यान्वयन गराैँ, छोटो समयमै देशले सफलता प्राप्त गर्छ’
वालिङ । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलले तयार गर्ने घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
आज यहाँको वालिङमा वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नवौँ वालिङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रका एजेण्डालाई सबै राजनीतिक दलले घोषणापत्रमा राखेर कार्यान्वयन गरेको खण्डमा छोटो समयमा नै देशले सफलता प्राप्त गर्ने दाबी गरे ।
“निजी क्षेत्रले देशको विकास र समृद्धिका लागि तयार गरेका एजेण्डालाई राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा समावेश गरी कार्यान्वयन गरेको खण्डमा देशले छोटो समयमै समृद्धि हासिल गर्छ भन्ने हाम्रो बुझाई हो”, उनले भने, “देशमै उत्पादनसित जोडिने किसिमका कार्यक्रम तथा उद्योग सञ्चालन गरी उत्पादित सामग्री बाहिर निर्यात गरेर आम्दानी लिन सकिने प्रशस्त सम्भावना छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
-
बजेटमा ‘एक हजार’का योजनाको बाढी, कार्यविधि र सुशासनको धज्जी !
-
ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
-
ट्रम्पको धम्कीपछि पनि सम्हालिँदै अमेरिका-इरान वार्ता
-
पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
-
मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा भारी गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण