ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, सेयर बजार ओरालो
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने सेयर बजार ओरालो लागेको छ।
- ट्रम्पले इरानसँग सम्झौता नभएमा अमेरिकाले फेरि बमबारी गर्ने र स्ट्रेट अफ होर्मुजलाई नियन्त्रणमा लिन सक्ने चेतावनी दिएका छन्।
- ट्रम्पको चेतावनीपछि ब्रेन्ट कच्चा तेलको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१.६६ डलर र अमेरिकी कच्चा तेलको मूल्य २.४ प्रतिशतले बढेर प्रतिव्यारेल ७७.६६ डलर पुगेको छ।
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने सेयर बजार ओरालो लागेको छ।
राष्ट्रपति ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै यदि इरानसँग सम्झौता हुन नसकेमा अमेरिकाले फेरि बमबारी गर्न सक्ने र विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई ‘आफ्नो नियन्त्रणमा लिन’ सक्ने बताएका थिए। उनको यो चेतावनी सार्वजनिक भएसँगै तेलको मूल्यमा वृद्धि देखिएको हो।
ट्रम्पको सो बयानपछि ब्रेन्ट कच्चा तेलको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१.६६ डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य पनि २.४ प्रतिशतले बढेर प्रतिव्यारेल ७७.६६ डलर पुगेको छ।
अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा जारी वार्ता होर्मुज, लेबनानमा युद्धविराम तथा इरानको आणविक कार्यक्रमका विषयमा आइतबार अवरुद्ध भएको थियो। यद्यपि, एक अमेरिकी अधिकारीका अनुसार वार्ता पूर्ण रूपमा नटुङ्गिएको र यो ‘रातभरि जारी रहनेछ।’
ट्रम्पले सम्झौता हुन नसकेको खण्डमा अमेरिकाले सो क्षेत्रबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्न सक्ने विचारसमेत अघि सारेका छन्। हाल वासिङ्टन र तेहरानबिच भएको समझदारीपत्रमा ६० दिनसम्म कुनै शुल्क नलिई जलमार्ग पुनः सञ्चालन गर्ने प्रतिबद्धता समावेश छ।
ट्रम्पको यो चेतावनी इरानले शनिबार अमेरिकामाथि ‘आफ्ना प्रतिबद्धताहरूको स्पष्ट उल्लङ्घन गरेको’ आरोप लगाउँदै होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि आएको हो। कोलम्बिया विश्वविद्यालयकी अनुसन्धानकर्ता करेन यङका अनुसार यदि वार्ता सफल भयो र जलमार्गबाट हुने ढुवानी युद्धअघिको स्तरमा फर्कियो भने तेल बजारमा आपूर्तिको ‘बाढी’ नै आउन सक्छ।
एएएका अनुसार आइतबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालेन करिब ३.९४ डलर थियो। यो मूल्य एक महिनाअघिको तुलनामा झण्डै १४ प्रतिशत कम भए पनि युद्ध सुरु हुनुअघिको तुलनामा अझै करिब एक डलर महँगो हो।
यसैबिच, अमेरिकी राजनीतिक अन्योल र भू-राजनीतिक तनावका कारण सेयर बजारमा पनि नकारात्मक असर परेको छ। डाउ फ्युचर्स र एस एन्ड पी ५०० फ्युचर्स दुवै ०.४ प्रतिशतले ओरालो लागेका छन् भने नास्डाक फ्युचर्स ०.६ प्रतिशतले घटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण