शानदार पुनरागमन गर्दै बार्सिलोनाको महत्त्वपूर्ण जित
सारांश
- च्याम्पियन्स लिगमा बार्सिलोनाले कोपेनहेगनलाई ४-१ गोलले पराजित गर्यो।
- बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो।
- लेवान्डोस्की, यामाल, राफिन्हा र रासफोर्डले बार्सिलोनाका लागि गोल गरे।
काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत नेपाली समयअनुसार बिहीबार सम्पन्न खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै कोपेनहेगनलाई ४–१ ले पराजित गरेको छ । सुरुवातमै गोल खाएर पछि परेको बार्सिलोनाले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
खेलको चौथो मिनेटमै कोपेनहेगनका भिक्टर डादासनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बराबरी गोल गर्न नसकेको बार्सिलोना दोस्रो हाफमा भने पूर्ण रूपमा रूपान्तरित देखियो ।
४८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गर्दै टोलीलाई खेलमा फर्काए । त्यसपछि ६०औँ मिनेटमा युवा स्टार लामिन यामालले शानदार गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६९औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै अग्रता अझ फराकिलो बनाए भने ८५औँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।
यस जितसँगै बार्सिलोनाले ८ खेलबाट १६ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण