पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’
बिहीबार, १५ माघ २०८२, १० : ४३
पाल्पा । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।
पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् ।
अघिल्लो निर्वाचनमा भन्दा यसपटक छ हजार ११० जना मतदाता थपिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण