बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

पउल स्टर्लिङले तोडे रोहित शर्माको रेकर्ड

बिहीबार, १५ माघ २०८२, २१ : १९
बिहीबार, १५ माघ २०८२

यूएई । आयरल्यान्ड क्रिकेट टोली हाल संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा छ । यस क्रममा आयरल्यान्ड र यूएईबिच दुई टी–२० अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेलिँदै छ । शृङ्खलाको पहिलो खेल बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको छ । 

पहिलो खेलमा आयरल्यान्डका कप्तान पउल स्टर्लिङले टस जित्दै पहिले ब्याटिङ गरेका छन् । स्टर्लिङ तीन बलमा आठ रन बनाएर आउट भइसके । यद्यपि मैदानमा उत्रनासाथ उनले इतिहास रचे । स्टर्लिङ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् ।

यो खेल स्टर्लिङको करिअरको १६०औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो । यसअघि पूर्वभारतीय कप्तान रोहित शर्माले १५९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । टी–२० विश्वकप २०२४ जितेपछि रोहित शर्माले यस ढाँचाबाट संन्यास लिइसकेका छन् । 

स्टर्लिङले सन् २००९ जुन १५ मा पाकिस्तानविरुद्ध टी–२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले अहिलेसम्म खेलेका १६० खेलमध्ये १५७ इनिङ्समा २६ दशमलव ५३ को औसत र १३० भन्दा बढी स्ट्राइक रेटमा ३ हजार ८ सय ७४ रन बनाएका छन् । यस क्रममा उनले २४ अर्धशतक र एक शतक प्रहार गरेका छन् । उनको सर्वाधिक व्यक्तिगत स्कोर अविजित ११५ रन हो ।

त्यस्तै स्टर्लिङले बलिङतर्फ पनि योगदान दिँदै ४२ इनिङ्समा २० विकेट लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप