‘द ब्ल्यू लाइट’ प्रिमिएर, कसले के भन्यो ?
सारांश
- शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म 'द ब्ल्यू लाइट' को बिहीबार साँझ प्रिमियर गरिएको थियो।
- सिभिल मल सुन्धारमा गरिएको प्रिमियरमा फिल्मकर्मी र रंगपत्रकारको सहभागिता रहेको थियो।
- फिल्मका निर्देशक र कलाकारहरूले फिल्मको कथा र प्राविधिक पक्षको प्रशंसा गरे।
काठमाडौँ । फिल्म ‘द ब्ल्यू लाइट’ प्रिमिएर गरिएको छ । आज शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म बिहीबार साँझ प्रिमिएर गरिएको हो ।
सिभिल मल सुन्धारमा गरिएको प्रिमिएरमा फिल्मकर्मी, रंगपत्रकार लगायतको सहभागिता रहेको थियो । प्रिमिएरमा फिल्म हेर्न अधिकांशले नेपालमा बनेको थ्रिलर कथाका फिल्म भन्दा ‘द ब्ल्यू लाइट’ फरक रहेको प्रतिक्रिया दिए ।
प्रिमियरमा फिल्म ‘परान‘का निर्देशक दीपक आचार्य (काकु)ले फिल्मको समग्र प्याकेज राम्रो बनेको बताए । अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाह लगायतले फिल्मको प्राविधिक पक्ष र कथावाचनको शैलीलाई तारिफ गरेका थिए ।

बलिराम चौहानको निर्देशन रहेको फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेका हो । फिल्ममा बेनिशा हमाल, अपर्ण थापा, सृष्टि श्रेष्ठ, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

फिल्मको कार्यकारी निर्माता समेत रहेकी अभिनेत्री हमालले प्रिमियरपछि खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु एउटा ठुलो चुनौती र जोखिम थियो । तर, आज प्रिमियरमा उपस्थित दर्शक र चलचित्रकर्मीले जुन किसिमको प्रतिक्रिया दिनुभयो, त्यसले हाम्रो मेहनत सफल भएको महसुस गराएको छ । यो फिल्म मेरो लागि केवल अभिनय मात्र होइन, एउटा सपना पनि हो ।’

निर्देशक बलिराम चौहानले आफूले भन्न खोजेको कथालाई कलाकारहरूले पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गरे । उनले भने, ‘हामीले एउटा इमान्दार प्रयास गरेका छौं । प्रिमियरमा जुन लेभलको तारिफ पाइयो, हलमा आम दर्शकले पनि यसलाई त्यसरी नै माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु ।’

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण