सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बैतेश्वर गाउँपालिकाका विद्यालयमा माघ १८ गते शोक बिदा

शुक्रबार, १६ माघ २०८२, १३ : ३६
शुक्रबार, १६ माघ २०८२

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकाका विद्यालयमा माघ १८ गते शोक बिदा दिइएको छ । गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै हनुमन्तेश्वर माध्यमिक विद्यालयका  शिक्षक केशव चौलागाईको निधनमा शोक बिदा दिने निर्णय गरेको जनाएको हो ।

शिक्षक चौलागाईको माघ १५ गते निधन भएको थियो । मृत आत्माको चिर शान्तिको कामना गर्दै मिति २०८२ साल माघ १८ बैतेश्वर गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १ दिन शोक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा भनिएको छ । 

शिक्षक चौलागाई २०६३ सालदेखि स्थायी सेवामा प्रवेश गरी हालसम्म अनवरत रूपमा शिक्षण पेसामा संलग्न रहँदै आएका थिए ।

625486495_1336014348563875_166028347520600606_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप