सुपरमार्केटमा खुलेआम ‘मेडिकेटेड’ मञ्जन बिक्री गरेको भन्दै एसोसिएसनको आपत्ति
सारांश
- नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले बजारमा मञ्जनको गुणस्तर र बिक्रीमा सरकारको बेवास्ताको आरोप लगाएको छ।
- एसोसिएसनले चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्नुपर्ने औषधीजन्य मञ्जनहरू सुपरमार्केटमा बिक्री भइरहेको भन्दै कारबाहीको माग गरेको छ।
- एसोसिएसनले मञ्जनको गुणस्तर जाँच गरी मापदण्ड लागू गर्न र लापरबाही गर्नेलाई कारबाही गर्न माग गरेको छ।
काठमाडौं । नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले बजारमा पाइने मञ्जनको गुणस्तर र बिक्री वितरणमा सरकारले चरम बेवास्ता गरेको आरोप लगाएको छ। एसोसिएसनले चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्नुपर्ने औषधीजन्य मञ्जनहरू सुपरमार्केटमा खुलेआम बिक्री भइरहेको भन्दै तत्काल कारबाही गर्न माग गरेको छ।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बिहीबार एक विज्ञप्ति जारी गर्दै २०७९ सालदेखि नै मञ्जनहरूको गुणस्तर जाँच गर्न मन्त्रालय र औषधि व्यवस्था विभागलाई आग्रह गरे पनि सुनुवाइ नभएको बताए। उनले राज्य जनताको मुख तथा समग्र स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाए। विभिन्न सञ्चार माध्यममा मञ्जनको गुणस्तरबारे प्रश्न उठ्दा पनि नियमनकारी निकायले कुनै मापदण्ड नबनाएकोमा एसोसिएसनले आक्रोश पोखेको छ।
विज्ञप्तिमा दर्तावाल दन्त जनशक्तिको सिफारिसमा मात्र बिक्री हुनुपर्ने औषधीजन्य मञ्जनहरू भाटभटेनी लगायतका सुपरमार्केटमा खुलेआम राखिएको विषयलाई गम्भीर रूपमा उठाइएको छ। यस्ता मञ्जनहरू ४ हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने र स्वयं कम्पनीले नै प्याकेटमा सावधानी अपनाउन लेखेको भए पनि सर्वसाधारणले जानकारी नपाएर लामो समय प्रयोग गरिरहेका छन्।
चिकित्सकको सल्लाहबिनै यस्ता मञ्जनको अनियन्त्रित प्रयोगले जनताको स्वास्थ्यमा गम्भीर असर पारिरहेको एसोसिएसनको दाबी छ।
एसोसिएसनले बजारमा रहेका मञ्जनहरूको तत्काल गुणस्तर जाँच गरी मापदण्ड लागू गर्न सरकारसँग माग गरेको छ। साथै, मापदण्डविपरित र जनताको स्वास्थ्यमा खेलवाड हुने गरी भइरहेको खुला बिक्री वितरणलाई निगरानी गरी कानुनी दायरामा ल्याउन पनि एसोसिएसनले जोडदार माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण