तनहुँमा निर्वाचन प्रहरी तालिम सुरु
सारांश
- तनहुँ जिल्ला प्रहरी कार्यालयले निर्वाचनका लागि प्रहरी तालिम सुरु गरेको छ।
- निर्वाचनमा खटिने प्रहरीलाई जिल्लाका पाँच स्थानमा तालिम दिइनेछ।
- कार्यालयले १,५७३ निर्वाचन प्रहरी भर्ना गर्ने र वैकल्पिक सूचीका व्यक्तिलाई स्याङ्जा पठाउने तयारी गरेको छ।
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गरेकाे छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएकाे हो ।
निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको व्यास नगरपालिका–५ पाटन खेलमैदानमा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा, इलाका प्रहरी कार्यालय बेलचौताराको बेलचौतारा खेलमैदानमा, इलाका प्रहरी कार्यालय भानुको गोठेटार खेलमैदानमा र इलाका प्रहरी कार्यालय बन्दीपुरको बन्दीपुरमा तालिम सञ्चालन गरिनेछ ।
कार्यालयले एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ । आवेदन कम भएपछि कार्यालयले दुई पटक आवेदन दिने समय थप गरेको थियो । प्रनाउ विकले भने, “आफूलाई पायकपर्ने स्थानमध्ये जहाँ सम्पर्क गर्दा पनि हुन्छ, पाँच ठाउँमा तालिम सञ्चालन हुन्छ ।”
कार्यालयले १९६ जनालाई वैकल्पिक सूचीमा राखेको छ । वैकल्पिक सूचीमा रहेकालाई स्याङ्जा पठाउने तयारी गरिएको छ । स्याङ्जामा निर्वाचन प्रहरीका लागि कम आवेदन परेपछि इच्छुक हुनेलाई स्याङ्जा पठाइने प्रनाउ विकले बताए ।
निर्वाचनमा निर्वाचन प्रहरीसँगै करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । निर्वाचनमा परिचालन गरिने कर्मचारी, प्रहरीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण