कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभन देखाई ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पीडितबाट ४ लाख ३५ हजार रुपैयाँ असुल गरी लामो समयसम्म झुक्याएको आरोप छ।
- पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पर्सा ठोरीका ४१ वर्षीय वविलाल लामालाई काठमाडौँको महाराजगन्जबाट नियन्त्रणमा लिएको हो।
लामाले कम्बोडियामा राम्रो कमाइ हुने प्रलोभनमा पारी पीडितबाट ४ लाख ३५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। रकम लिएर लामो समयसम्म झुक्यानमा राखेको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। काठमाडौँ महानगरपालिका–९ मा बस्दै आएका लामालाई माघ १६ गते काठमाडौँ–३ बाट पक्राउ गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ परेका लामालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण