भक्ति थापा, अमरसिंह थापाको प्रशंसा भए पनि भूमि गुमाएर आएका हुन् : जीवनबहादुर शाही
आइतबार, १८ माघ २०८२, १८ : ३९
सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भक्ति थापा, अमरसिंह थापाहरूको प्रशंसा नै हुने गरे पनि उनीहरुले भूमि गुमाएर आएको टिप्पणी गरेका छन् ।
आइतबारदेखि सुरु भएको कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘हामी भक्ति थापा, अमरसिंह थापाले यस्तो गरे, उस्तो गरे भनेर भन्छौँ, जस्तो गरे पनि भूमि गुमाएर आएका हुन् नि,’ उनले भने, ‘बरु जंगबहादुर राणालाई हामी गाली गर्छौँ तर उनले बाँके, बर्दियालाई ल्याएर आएका हुन् ।’
ल्याएर आउनेलाई गाली गर्ने र दिएर जानेलाई सम्मान गर्ने प्रचलन हाबी भएको उनको भनाइ थियो । ‘यस्तो कुरा नहोस्,’उनले थपे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण