गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन
सारांश
- गृहमन्त्री अर्यालले बाल सुधार गृहको अवलोकन गरे र घटनाबारे जानकारी लिए।
- उनले भविष्यमा यस्ता घटना रोक्न कार्ययोजना बनाउन निर्देशन दिए।
- तोडफोडमा संलग्न १८ वर्ष माथिका व्यक्तिलाई नुवाकोट सारियो।
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको थियो ।
यही माघ ८ गते बाल सुधार गृहमा भएको तोडफोडबाट पुगेको क्षतिबारे र घटनाका बारेमा गृहमन्त्री अर्यालले विस्तृत जानकारी लिएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले घटनाका बारेमा मन्त्री अर्याललाई विस्तृत जानकारी गराएका थिए ।
गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउन निर्देशनसमेत दिए । बाल सुधार गृहमा भएको उक्त घटनापश्चात् त्यहाँ रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्ताहरुलाई नुवाकोटस्थित कारागारभित्र रहेको छुट्टै ब्लकमा स्थानान्तरण गरिएको प्रजिअ ढकालले जानकारी गराए ।
माघ ८ गते राति सुधारगृहमा बालबिज्याइँकर्ताले आगजनी र तोडफोड गरेका थिए । सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो ।
सुधार गृहमा १८ वर्षभन्दा माथिका ८४ जना र २४ जना बालिकासमेत थिए । बालिका र १८ वर्षमुनिका बालबिज्याइँकर्तालाई भने अहिले सुधार गृहमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण