डुङ्गा दुर्घटनामा बाँचेका भुवनको तीन महिनापछि उद्धार, बिष्णे अझै बेपत्ता
सारांश
- रोजगारीको प्रलोभनमा परी विदेशमा अलपत्र परेका म्याग्दीका भुवन विकको उद्धार गरिएको छ।
- इटली जाने क्रममा डुङ्गा दुर्घटनामा परेका विक स्वदेश फर्किए, तर बेपत्ता बिष्णे सार्कीको अवस्था अज्ञात छ।
- विकको उद्धार जिल्ला प्रशासन, परराष्ट्र मन्त्रालय र दूतावासको समन्वयमा भएको हो, भने सार्कीको खोजी जारी छ।
म्याग्दी । रोजगारीको प्रलोभनमा परेर विदेशमा अलपत्र परेका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि सफल उद्धार भएको छ। सर्बियाबाट अवैध बाटो हुँदै इटली जाने क्रममा गत कात्तिक २५ गते डुङ्गा दुर्घटनामा परेर घाइते र अलपत्र बनेका विक हालै स्वदेश फर्किएका हुन्। यद्यपि, सोही दुर्घटनामा बेपत्ता भएका बेनी नगरपालिका–९ का बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात छ।
जिल्ला प्रशासन कार्यालयको आप्रवासी स्रोत केन्द्र, परराष्ट्र मन्त्रालय र जर्मनीमा रहेको नेपाली दूतावासको समन्वयमा विकको उद्धार सम्भव भएको हो। "सर्बियामा काम र दाम नपाएपछि १३ जना नेपाली लुकिछिपी इटली जान लाग्दा डुङ्गा पल्टियो, प्रहरीले उद्धार त गर्यो तर कागजात नहुँदा अलपत्र परेको थिएँ," विकले आफ्नो पीडा सुनाउँदै भने, "घर फर्कन पाउँदा नयाँ जीवन पाएको महसुस भएको छ।" चिसो पानीमा डुबेका कारण उनको स्वास्थ्यमा अझै समस्या छ।
- बिष्णेको खोजीका लागि परिवारको हारगुहार
भुवन विक घर फर्किए पनि उनीसँगै रहेका बिष्णे सार्कीको कुनै अत्तोपत्तो छैन। बिष्णेका भाइ दिलगोपालले दुर्घटना भएको दिनदेखि नै दाजु सम्पर्कविहीन भएको र अहिलेसम्म कुनै ठोस जानकारी नआउँदा परिवार निराश बनेको बताए। उनी कतै अस्पतालमा उपचाररत वा प्रहरीको नियन्त्रणमा हुन सक्ने आशामा परिवारले खोजीका लागि आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएका छन्।
प्रतिव्यक्ति ११ लाख रुपैयाँ बुझाएर सर्बिया पुगेका म्याग्दीका अन्य तीन युवा पनि भनेजस्तो काम नपाएपछि यसअघि नै घर फर्किसकेका छन्। अवैध बाटोबाट युरोप छिर्न खोज्दा नेपाली युवाहरू कसरी ठगी र जोखिमपूर्ण यात्राको सिकार भइरहेका छन् भन्ने यो घटनाले पुनः पुष्टि गरेको छ। आप्रवासी स्रोत केन्द्रले बेपत्ता सार्कीको खोजीका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण