म्यानमारमा ठगी धन्दा गर्ने ४ जनालाई चीनले दियो मृत्युदण्ड
सारांश
- चीनले म्यानमारमा ठगी धन्दा चलाउने बाई माफिया परिवारका ४ सदस्यलाई मृत्युदण्ड दिएको छ।
- गुवाङडोङ प्रान्तमा धोकाधडी, सामूहिक हत्यालगायतका अपराधमा दोषी ठहरिएका थिए।
- चीनले दक्षिणपूर्वी एसियामा फैलिएको साइबर ठगीविरुद्ध कारबाही चलाएको छ।
बेइजिङ । चीनले बाई माफिया परिवारका ४ सदस्यलाई मृत्युदण्ड दिएको छ । म्यानमारमा सङ्गठित रुपमा ठगी धन्दा चलाउने कुख्यात परिवारका सदस्यलाई मृत्युदण्ड दिइएको हो ।
गुवाङडोङ प्रान्तमा धोकाधडी, सामूहिक हत्या लगायत अन्य कयौँ अपराधमा यिनीहरू दोषी ठहर भएका थिए । गएको नोभेम्बरमा अदालतले यस परिवारका ५ जना सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको थियो । सजाय पाउनेमा परिवारका मुली बाई सुओचेङ पनि थिए । सजाय पाउनु अघि नै सुओचेङको बिरामी भएर मृत्यु भएको थियो ।
गतहप्ता चीनले अर्को कुख्यात गिरोह मिङ परिवारका ११ सदस्यलाई पनि मृत्युदण्ड दिएको थियो । यो दक्षिणपूर्वी एसियामा फैलिएको सङ्गठित साइबर ठगीविरुद्ध बेइजिङले चलाएको व्यापक कारबाहीको हिस्सा हो ।
वर्षौँसम्म बाई, मिङ र अन्य केही परिवारले म्यानमारको सीमा सहर लाउक्काइङ नियन्त्रणमा लिएर क्यासिनो, वेश्यालय र साइबर ठगी केन्द्र चलाएका थिए । बाई परिवारले आफ्नै सशस्त्र सेना राखेर ४१ वटा सुरक्षित कम्पाउन्ड बनाएको थियो, जहाँ कामदारलाई कुटपिट र यातना दिने गरिएको अदालतले जनाएको छ ।
अदालतका अनुसार बाई परिवारको आपराधिक गतिविधिका कारण ६ चिनियाँ नागरिकको मृत्यु भएको, एक जनाले आत्महत्या गरेको र अन्य धेरै घाइते भएका थिए । यस्तो खालको कारबाहीले अन्तर्राष्ट्रिय ठगी सञ्जाल कमजोर हुने र आफ्ना नागरिकको सुरक्षा बढ्ने दाबी चीन सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण