पोल्याण्डमा जागिर लगाइदिने भन्दै पोखरामा ठगी, २ जना पक्राउ
सारांश
- कास्की प्रहरीले पोल्याण्ड पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कल्पना नहर्की पौडेल र बिरेन्द्र रावत रहेका छन्, जसले फेसबुकमार्फत ठगी गरेका थिए।
- उनीहरूले ११ जनाबाट १० हजारदेखि २ लाख रुपैयाँसम्म ठगी गरेको र हालसम्म १४ लाख ६० हजार ठगी गरेको खुलेको छ।
पोखरा । पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका ११ घर भई हाल पोखरा ६ बस्ने २८ वर्षीय बिरेन्द्र रावत छन् ।
उनीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत होटल र विभिन्न कम्पनीमा काम लगाइदिने भनेर ठगी गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए । आफू कानुन व्यवसायी रहेको र श्रीमानले पोल्याण्डमा होटल सञ्चालन गरिरहेको भन्दै पौडेलले पैसा मागेकी थिइन् ।
दुईजना मिलेर ११ जनासँग प्रतिव्यक्ति १० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएको खुलेको छ । प्रहरीका अनुसार १४ लाख ६० हजार ठगी गरेको प्रारम्भिक रिपोर्टले खुलाएको छ ।
पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण