देश विकासकाे भिजन समेटिएको घोषणापत्र तयार भइरहेको छ : महामन्त्री पौडेल
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको घोषणा पत्र देश विकासको भिजनसहित तयार भइरहेको बताए।
- उनले आगामी निर्वाचनका लागि नागरिकको अपेक्षाअनुसार देश बदल्ने योजनासहित १० प्राथमिकता तय गरेको बताए।
- पौडेलले नागरिकका गुनासो सम्बोधन गर्दै अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा कांग्रेस लाग्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार गरिरहेको बताएका छन् । काठमाडौँ–५ का उम्मेदवार रहेका महामन्त्री पौडेलले सोमबार मतदाताहरूसँग कुराकानीका क्रममा नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर पार्टीले घोषणापत्र ल्याउने बताए ।
‘आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ । घोषणापत्रले नागरिकका चाहना सम्बोधन गर्दै देश विकासको अबको मार्ग चित्र तय गर्छ,’ पौडेलले भने, ‘नागरिकको अपेक्षाअनुसार देश बदल्ने यात्रामा प्रमुख १० प्राथमिकता तय गरेर हामी अघि बढ्दैछौँ । सबैको साथ अपेक्षा गरेका छौं ।’
उनले नागरिकको अपेक्षा अनुसार पार्टी सुधारिएको बताउँदै सुधारिएको नेतृत्वले देश विकासको नेतृत्व लिने बताए । कांग्रेससँग नागरिकका गुनासा रहेको स्विकार्दै अब गुनासा सम्बोधन गर्दै अपेक्षा अनुसारको समृद्धि दिने बाटोमा कांग्रेस लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण