अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना
मङ्गलबार, २० माघ २०८२, ०८ : ५१
सारांश
- वाणिज्य विभागले भक्तपुरको मध्यपुरथिमिमा रहेको एक स्टोरलाई १० हजार जरिवाना गरेको छ।
- उपभोक्ता संरक्षण ऐनअनुसार रमेश थापा स्टोरलाई जरिवाना गरिएको हो।
- विभागले गणपति जी ट्रेडर्सलाई कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ।
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो ।
यस्तै, गणपति जी ट्रेडर्सलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिइ एक दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १४ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । उपभोक्ता अधिकारकर्मी, स्थानीय प्रशासन तथा जनप्रतिनिधिको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण