शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

११ वर्षदेखि फरार हत्या आरोपी सिरहाबाट पक्राउ

मङ्गलबार, २० माघ २०८२, १२ : ३८
मङ्गलबार, २० माघ २०८२

सारांश

  • सिरहा प्रहरीले कर्तव्य ज्यान मुद्दामा ११ वर्षदेखि फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ।
  • २०७१ सालमा डोमा सदायको हत्या आरोप लागेका मिठु साफी धोवीलाई माघ १५ गते पक्राउ गरिएको हो।
  • प्रहरीका अनुसार मृतक र अभियुक्तबीच घटनाको रात मादक पदार्थ सेवनपछि विवाद भएको थियो।

सिरहा । कर्तव्य ज्यान मुद्दामा संलग्न भई विगत ११ वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। वि.सं. २०७१ सालदेखि फरार रहेका साविक औरही गाउँविकास समिति वडा नं. ८ का ५६ वर्षीय मिठु साफी धोवीलाई प्रहरीले गत माघ १५ गते गाउँघरमै लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

घटना विवरण अनुसार २०७१ भदौ १९ गते बिहान स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धानका क्रममा मृतककी पत्नी अमोलिया देवी सदायले किटानी जाहेरी दिएकी थिइन्। अनुसन्धानबाट घटना भएको रात मिठु साफी र डोमा सदायबिच मादक पदार्थ सेवन गरी विवाद र झै-झगडा भएको तथ्य खुलेको थियो।

हत्याको आरोप लागेपछि फरार भएका मिठुलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले लामो समयपछि खोजतलास गरी पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका निजलाई माघ १९ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रमेश बहादुर पालका अनुसार अहिले घटनाको विषयमा थप कानुनी अनुसन्धान भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप