बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

सशस्त्रमा राजीनामा, बिदा र रवाना बन्द गर्ने निर्णय

मङ्गलबार, २० माघ २०८२, १५ : १९
मङ्गलबार, २० माघ २०८२

काठमाडौँ । सशस्त्र प्रहरीले प्रतिनिधिसभा निर्वाचन अगाडि राजीनामा स्वीकृति, रवाना र बिदा बन्द गर्ने निर्णय गरेको छ । 

फागुन २१ मा सम्पन्न हुने निर्वाचन भन्दा अगाडी बिदा स्वीकृति र सरुवा भएकाहरूलाई रवाना लिन रोक लगाइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

उनले भने, ‘निर्वाचन अगाडि राजीनामा स्वीकृति पनि नगर्न सम्पूर्ण युनिटहरूमा सर्कुलर गरिएको छ ।

माघ १९ मा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो सर्कुलर गरेको हो । सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा केन्द्रित गर्नुपर्ने हुनाले सो निर्णय गरिएको डीएसपी थापाले बताए । 

एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले आफ्ना सुरक्षाकर्मीलाई परिचालन गर्ने गरी रणनीति तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप