भारतबाट रुसी तेल रोक्ने कुनै बयान प्राप्त भएको छैन : क्रेमलिन
काठमाडाैँ । रूसको राष्ट्रपति कार्यालय क्रेमलिनले भारतले रुसी तेल खरिद रोक्ने विषयमा हालसम्म कुनै आधिकारिक वक्तव्य प्राप्त नभएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकासँग भएको व्यापार सम्झौताअन्तर्गत रुसी तेल खरिद बन्द गर्न सहमति जनाएको दाबी गरेपछि क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारत सरकारको तर्फबाट यसबारे कुनै स्पष्ट जानकारी नआएको बताउँदै दिल्लीबाट औपचारिक निर्णय सार्वजनिक नभएसम्म अनुमान गर्न नसकिने स्पष्ट पारे।
पेस्कोभले अमेरिका र भारतबीचको द्विपक्षीय सम्बन्धप्रति रूसको सम्मान रहेको उल्लेख गरे पनि रूस–भारतबीचको दीर्घकालीन र उन्नत रणनीतिक साझेदारीलाई समान रूपमा महत्वपूर्ण ठानिने बताए ।
उनले रूस भारतसँगको सम्बन्धलाई भविष्यमा पनि निरन्तर सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग नयाँ व्यापार समझदारी भएको घोषणा गर्दै भारतीय वस्तुमा लाग्ने भन्सार शुल्क घटाइने र त्यसको बदलामा भारतले रुसी तेल खरिद रोक्ने तथा व्यापारिक अवरोध कम गर्ने सहमति भएको बताएका थिए ।
युक्रेन युद्ध सुरु भएपछि भारत सस्तो दरमा उपलब्ध रुसी कच्चा तेलको प्रमुख खरिदकर्ता बनेको थियो, जसका कारण पश्चिमी देशहरूले भारतको आलोचना गर्दै आएका छन् ।
ती देशहरूले रूसको ऊर्जा क्षेत्रमाथि प्रतिबन्ध लगाएर युद्ध सञ्चालनका लागि हुने आम्दानी घटाउने प्रयास गरिरहेका छन् । यस्ता अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक गतिविधिका बीच भारतको आधिकारिक धारणा अझै सार्वजनिक नभएकाले यो विषय विश्व राजनीतिमा चासोको केन्द्र बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण