सांसदका रूपमा मैले आफ्नो निर्वाचन क्षेत्रको विकासमा सधैँ ध्यान दिएको छु : महामन्त्री पौडेल
मङ्गलबार, २० माघ २०८२, १९ : १७
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सांसदका रूपमा आफूले काठमाडौँ क्षेत्र नं ५ को विकासमा सधैँ ध्यान दिएको बताएका छन् ।
मंगलबार निर्वाचन क्षेत्रअन्तर्गत बालुवाटारमा भएको कार्यक्रममा उनले आफूले तीन वर्षमा सम्भवसम्मका काम गर्न ध्यान दिएको बताएका हुन्
“मैले काठमाडौँ–५ मा निर्वाचनमा गरेका प्रतिबद्धता कार्यान्वयनका लागि हरसम्भव प्रयास गरेको थिए, त्यसका आधारमा मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु”, महामन्त्री पौडेलले भने ।
उनले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखाङ्कन गरेर सडक निर्माणलगायत काम सुरुआत गरेको भन्दै ती कामको पर्याप्त प्रचार भने हुन नसकेकाले जिकिर गरे ।
महामन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण