भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइन मतदानको व्यवस्था गर्नू : परराष्ट्र
काठमाडौँ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्न र भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइन सहभागिता तथा मतदानको व्यवस्था सुनिश्चित गर्न राय दिएको छ।
मन्त्रालयले संघलाई पठाएको पत्रमा गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ र दफा २१.१० बमोजिम निर्वाचन अनलाइन वा भौतिक रुपमा उपस्थित भई गर्न सकिने व्यवस्था रहेको उल्लेख गरेको छ। भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको हकमा अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नुपर्ने स्पष्ट पारिएको छ।
पत्रमा भनिएको छ, “विधानको व्यवस्था बमोजिम अधिकतम प्रतिनिधि भौतिक रुपमा उपस्थित हुने र उपस्थित हुन नसक्ने प्रतिनिधिहरुका लागि अनलाइनमार्फत सहभागिता सुनिश्चित गर्दै गैरआवासीय नेपाली संघको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने यस मन्त्रालयको राय रहेको छ।”
परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसअनुसार आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न पनि आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण