राष्ट्रपति पौडेल स्वदेश फिर्ता, तस्बिरहरू
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
- उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरूले स्वागत गरे।
- भ्रमणका क्रममा उनले जापानका सम्राट् र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुका साथै विभिन्न कार्यक्रममा भाग लिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले बुधबार स्वागत गरे ।
सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयाेजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए । उनले सो समारोहलाई सम्बोधन गरे ।
यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे । उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरे ।
भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेको नेपालीहरूको कार्यक्रमलाई पनि उहाँले सम्बोधन गरे । उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे ।
नेपाल जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।
_2dNPEsRZyP.jpg)
_yJJbzbeAYw.jpg)
_PamONUtLaI.jpg)
_EOCG3pdCyO.jpg)
_nYe5RFYAU7.jpg)
_lxxKvUaIom.jpg)
_cean6CnCqg.jpg)
_d9xuGfkPCC.jpg)
_zoEPE34e9C.jpg)
_YzIl3D13am.jpg)
_JHrB6joA3I.jpg)
_jR2jtxlesM.jpg)
_GKogIrGZiN.jpg)
_l1JU4mk0k3.jpg)
_KC9KPrKxPd.jpg)
_PoB9LIfHpy.jpg)
_pUd5Y4S0rx.jpg)
_CEntniOBDm.jpg)
_9GTeyjM6vW.jpg)
_wqVTP0rPNy.jpg)
_noEZmeSPpi.jpg)
_hc6w1iwGqU.jpg)
_WXJBhSycKV.jpg)
_SoGIEcIZOb.jpg)
_1xFvqiBb2b.jpg)
_kGMGRQaKVh.jpg)
_QcPwwpLeAj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण