ताइवानलाई हतियार दिँदा अमेरिकाले विवेक प्रयोग गर्नुपर्छ : चिनियाँ राष्ट्रपति सी
बिहीबार, २२ माघ २०८२, ११ : ३८
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भयो, जसमा ताइवानबारे छलफल भयो।
- सीले ताइवानलाई हतियार दिँदा सावधानी अपनाउन ट्रम्पलाई आग्रह गरे, र दुई देशबीचको सम्बन्धलाई महत्त्व दिए।
- यसअघि सीले रुसी राष्ट्रपति पुटिनसँग भर्चुअल बैठक गरेका थिए, जहाँ दुवै देशको सम्बन्धको प्रशंसा गरिएको थियो।
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनमा कुराकानी गरेका छन् । फोनवार्ताका क्रममा उनले ताइवानलाई चीन–अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण मुद्दा भनेका छन् । चीनको सरकारी सञ्चारमाध्यममा प्रसारित समाचारका अनुसार सीले ट्रम्पलाई ताइवानलाई हतियार दिँदा सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।
आफूले अमेरिकासँगको सम्बन्धलाई ठुलो महत्त्व दिएको र दुवै पक्षले आफ्ना मतभेदहरू समाधान गर्ने तरिकाहरू फेला पार्नेछन् भन्ने आशा गरेको पनि राष्ट्रपति सीले बताएका छन् । सीसँगको कुराकानीलाई ट्रम्पले पनि उत्कृष्ट भनेका छन् ।
ट्रम्पसँग कुराकानी गर्नुभन्दा केही घण्टाअघि सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भर्चुअल बैठक गरेका थिए । यस बैठकमा दुवैले चीन र रुस बिचको बलियो सम्बन्धको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीको अन्नपूर्ण : १७ करोड विकास बजेट, साढे ११ करोड सडकमै
-
निर्वाचनअघि हलभित्रै छमछमी नाच्दै मन्त्रीदेखि पदाधिकारीसम्म, तस्बिरहरू
-
१० करोडले बढ्यो मनहरीको बजेट
-
हिजबुल्लाहद्वारा मार्चयता इजरायलमा ७ हजारभन्दा बढी रकेट र ड्रोन प्रहार
-
एमआरपीभन्दा बढी मूल्यमा आइसक्रिम बिक्री गरेको भेटिएपछि बसेरा बुटिक होटललाई २ लाख जरिवाना
-
रुपाको बजेट साढे ५५ करोड, किसानका लागि प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण