मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने

बिहीबार, २२ माघ २०८२, १७ : ४०
बिहीबार, २२ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसले कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने घोषणा गरेको छ।
  • प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा उम्मेदवार उठाइसकेको जानकारी दिए।
  • कांग्रेसले अधिनायकवादी र नयाँ भन्नेहरुको भ्रममा नपर्न आग्रह गरेको छ।

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनाव पूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।

‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्‍यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन । चुनाव पूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ,’ प्रवक्ता चालिसेले भने, ‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’

उनले अधिनायकवादीहरू मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे। उनले अन्य दलले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको भन्दै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराए ।

विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा घृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति कांग्रेस सचेत रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप