कुमारी बैंकमा अब फोनलोनबाटै पटक–पटक कर्जा निकाल्न मिल्ने
सारांश
- कुमारी बैंकले डिजिटल बैंकिङलाई सहज बनाउन 'मल्टी डिस्बर्सल' सुविधा सुरु गरेको छ।
- यस सुविधाले ग्राहकहरूलाई आवश्यक परेको बेला कर्जा सीमाभित्र रहेर रकम झिक्न अनुमति दिन्छ।
- ग्राहकले प्रयोग गरेको रकममा मात्र ब्याज लाग्नेछ, जसले वित्तीय व्यवस्थापनलाई सहज बनाउँछ।
काठमाडौँ । नेपालको डिजिटल बैंकिङ क्षेत्रलाई थप सहज र ग्राहकमुखी बनाउने उद्देश्यका साथ कुमारी बैंकले ‘कुमारी फोनलोन’ अन्तर्गत ‘मल्टी डिस्बर्सल’ सुविधा सञ्चालनमा ल्याएको छ। डिजिटल कर्जा प्रवाहको अग्रणी प्लेटफर्म फोनलोन र कुमारी बैंकबिचको सहकार्यमा सुरु भएको यो सेवाले अब ग्राहकलाई आफ्नो आवश्यकता अनुसार कर्जाको सीमाभित्र रहेर पटक–पटक रकम निकाल्ने स्वतन्त्रता दिएको छ।
यसअघि स्वीकृत भएको सम्पूर्ण कर्जा रकम एकैपटक लिनुपर्ने र अर्को कर्जाका लागि पुरानो ऋण चुक्ता गर्नुपर्ने बाध्यता रहेकामा यो नयाँ सुविधाले उक्त झन्झटलाई पूर्ण रूपमा अन्त्य गरिदिएको छ। यो नवीन सेवा अन्तर्गत योग्य ग्राहकले आफूलाई बैंकले तोकिदिएको कुल कर्जा सीमाबाट चाहिएको बेला चाहिए जति मात्र रकम निकाल्न सक्नेछन्। यसरी लिइने कर्जाको सबैभन्दा ठुलो विशेषता भनेको ग्राहकले जति रकम प्रयोग गर्छन्, त्यतिमा मात्र ब्याज लाग्नेछ।
बाँकी रहेको कर्जा सीमा भने भविष्यका लागि सुरक्षित रहनेछ, जसका कारण प्रयोगकर्तालाई अनावश्यक ब्याजको भार नपर्ने र वित्तीय व्यवस्थापनमा पारदर्शिता आउने विश्वास गरिएको छ। कुनै पनि कागजी प्रक्रिया वा बैंकको शाखासम्म पुग्नु नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत नै यो सुविधा तत्कालै उपभोग गर्न सकिने व्यवस्था मिलाइएको छ।
कुमारी बैंकका योग्य ग्राहकले अब कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो र बिना कुनै झन्झट यो नयाँ सुविधा प्रयोग गरी आफ्नो वित्तीय गर्जो टार्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण