अपडेट
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, तीन एजेन्डा तय
शनिबार, २४ माघ २०८२, १२ : ०३
सारांश
- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
- बैठक आइतबार बिहान ८:३० बजे जुममार्फत बस्ने तय भएको छ।
- बैठकमा निर्वाचन निर्देशिका र अनुशासन समिति गठनबारे छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आइतबार बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ।
बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण