पोखरीमा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी
आइतबार, २५ माघ २०८२, ११ : ५२
सारांश
- रौतहटको चन्द्रपुर-९ मा एक पोखरीमा एक पुरुषको शव फेला परेको छ।
- स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र मृतकको पहिचान खुल्न बाँकी छ।
रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–९ स्थित चेतनगरमा रहेको एक पोखरीबाट एक पुरुषको शव फेला परेको छ। स्थानीय बासिन्दाले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
स्थानीय राधेश्याम साहका अनुसार आज बिहान पोखरीतर्फ जाँदा पानीमा शव तैरिरहेको अवस्थामा देखिएको थियो। त्यसपछि आसपासका बासिन्दा जम्मा भई प्रहरी चौकी चेतनगरमा जानकारी गराइएको उनले बताए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी चेतनगरबाट खटिएको टोली घटनास्थलमा पुगेर प्रारम्भिक मुचुल्का तथा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण