‘श्री बुकुरो’को म नायिका हो – अभिनेत्री लक्ष्मी गिरी
सारांश
- वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले 'श्री बुकुरो' मा मनपर्ने भूमिका रहेको बताइन्, जहाँ उनले मुख्य भूमिका निभाएकी छिन्।
- फिल्म 'श्री बुकुरो' मा आमाको भूमिका निर्वाह गर्दै निकिता आचार्यले डेब्यु गरेकी छिन् भने आशीर्वाद क्षेत्रीले पनि अभिनय गरेका छन्।
- फागुन १ गते रिलिज हुने फिल्मको गीत 'ए साइला दाइ' सार्वजनिक भएको छ, जसमा वसन्त सापकोटाको शब्द, सङ्गीत र सविन सुबेदी र युक्ति बिमलीको स्वर रहेको छ।
काठमाडौँ । वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले लामो फिल्म यात्रामा साँच्चिकै मनपर्ने भूमिका ‘श्री बुकुरोः द होम कलिङ’मा रहेको बताएकी छन् । फिल्ममा आफू चरित्र अभिनेत्री मात्र नभएर पुरै फिल्म बोक्ने नायिका भएको उनको भनाई छ ।
राजधानीमा आयोजित फिल्म ‘श्री बुकुरो’को गीत ‘ए साइला दाइ’ सार्वजनिक कार्यक्रममा उनले आफूले अभिनय प्रतिभा देखाउन अवसर यस फिल्ममा पाएको बताइन् ।
‘ममा प्रतिभा थियो होला । तर अहिलेसम्म देखाउन पाएकी थिइन’, उनले भनिन् ‘फिल्ममा आमाको भूमिका निर्वाह गर्दै सिङ्गो फिल्म अगाडि बढाउने काम गरेकी छु ।’ फिल्म सबैले रुचाउने उनले विश्वास व्यक्त गरिन् । ‘बुगुरो भनेको के होला भन्नु होला, त्यो एउटा परालले छाएको छुपडी हो’ उनले भनिन् ।
कार्यक्रममा अभिनेत्री निकिता आचार्यले फिल्मबाट अभिनयमा डेब्यु गर्न पाउँदा खुसी व्यक्त गरिन् । उनले फिल्ममा आफूले कुसुमको चरित्र निर्वाह गरेको जानकारी दिइन् ।
अभिनेता आशीर्वाद क्षेत्रीले फिल्ममा रहेको आमा र छोराको कथाको कारण आफ्नो रोजाइमा परेको बताए ।
फागुन १ गतेबाट रिलिज हुने फिल्मको सार्वजनिक ‘ए साइला दाइ’ गीतमा वसन्त सापकोटाको शब्द तथा सङ्गीत र सविन सुबेदी र युक्ति बिमलीको स्वर छ । गीतको भिडियोमा मुख्य कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्यको नृत्य रहेको छ ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको फिल्म आशीर्वाद र निकिता र लक्ष्मीका अलवा प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय छ । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण